काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रुपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलिबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहागनगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ५ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0