१२ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कुल ५ अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६.६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ८८ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा २ अर्ब ३ करोड रुपैयाँको बिक्री भयो ।

समग्रमा यस दिन टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री धेरै भएको देखिन्छ । ७ वटा ब्रोकर कम्पनीमार्फत बिक्री धेरै भएको छ भने ३ वटाबाट खरिद धेरै भएको छ । लिन्च, नासा, भिजन, आर्यतारा, अनलाइन, डायनामिक र श्रीहरिमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, सनी र दिपशिखामार्फत खरिद धेरै भएको छ ।

टप १० ब्रोकरमार्फत यस दिन धेरै कारोबार भएकामा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, पिपुल्स हाइड्रोपावर, जानाकी फाइनान्स लगायत कम्पनी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0