१२ कात्तिक, धनगढी । कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ ।

सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान गर्ने लक्ष्यसहित परीक्षण उडान गरेको जनाएको छ ।

परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगाय प्राविधिक टोली सहभागी थिए ।

२०४१ सालदेखि एक दशकसम्म हवाई सेवा सञ्चालन गरिएको थियो भने त्यसपछि बन्द अवस्थामा थियो । सोमबारको परीक्षण उडानले टिकापुर विमानस्थलबाट नियमित उडान हुने विश्वास गरिएको छ ।

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले टिकापुर विमानस्थलबाट नियमित उडान हुनुपर्ने माग संघीय सरकारसँग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0