१२ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख जनालाई रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरी बाध्यता बन्ने बताएका छन् ।

सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले वर्षेनी श्रमबजारमा आउने ५ लाख जनामध्ये १ लाखले मात्र स्वदेशमा रोजगारी पाउने बताए ।

‘सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौं’, उनले भने ।

मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न राजनीतिक परिस्थिति अनुकुल हुँदै जानुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

मन्त्री भण्डारीले वर्तमान सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको भन्द असफल हुने छुट नभएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0