२१ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।

त्यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0