२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिँदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको विषयमा छानबिन हुने भएको छ ।

उपकुलपति कार्यालयका अनुसार पीएचडीका लागि छुट्टाएको ८ नम्बर प्रसाईंले पाए/नपाएको छानबिन हुने भएको हो ।

‘पीएचडी सकिएको हो होइन, छनौट समितिले पीएचडीको लागि छुट्टाएको नम्बर उहाँलाई दिएको छ छैन छानबिन हुन्छ,’ भीसी कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।

त्रिविले मेरिटको आधारमा उच्च अंक ल्याउनेलाई नियुक्ति गर्ने मापदण्ड बनाएको थियो । मापदण्ड अनुसार पीचडीका लागि ८ नम्बर छुट्टाइएको छ ।

प्रसाईंलाई पीएचडीको ८ नम्बर पनि दिएर सह–परीक्षा नियन्त्रक बनाएको आरोप लागेको छ ।

छनौट तथा सिफारिस समितिले नाम दिएपछि त्रिविले प्रसाईंलाई सह–परीक्षा नियन्त्रकमा गत बुधबार नियुक्ति गरेको थियो । उनले पीएचडी पूरा गर्न बाँकी रहेको गुनासो आएपछि त्रिविले छानबिन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0