२४ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।
कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने भएको छ ।
यसअघि कम्पनीले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो । विगत दुई वर्ष कम्पनीले नगद लाभांश मात्रै प्रदान गरेको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1