२५ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।
पुस ८ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले लाभांश पाउने छन् । साथै कम्पनीले अन्य उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिनेका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1