काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शय्या छन् ।

संघीय अस्पतालमध्ये सबैभन्दा धेरै वीर अस्पतालमा ९६० शय्या छन् । सबैभन्दा कम भने तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र ५० शय्याको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९१३, भरतपुर अस्पताल चितवनमा ६००, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा ४८०, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ४५० शय्या छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८०, कान्ति बाल अस्पताल महाराजगञ्जमा ३७२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३००, नारायणी अस्पताल वीरगञ्जमा २५०, राष्ट्रिय ट्रमा सेन्टर २०० शय्या छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा १५०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १००, डडेल्धुरा अस्पतालमा १००, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ७२ शय्या छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0