२८ मंसिर, काठमाडौं । यो साता सेयर बजार १.९ प्रतिशत घटेको छ । गत साता २७३४ अंकमा रहेको बजार यो साता २६८२ अंकमा झरेको छ ।
गत साता पनि बजार ०.५ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता १ दिन बजार बढ्दा ४ दिन घटेको छ ।
पहिलो दिन आइतबार ४५.९३ अंक घट्यो । सोमबार १२.८४ र मंगलबार ६.३२ अंक घटेको बजार बुधबार ४५.८८ अंक बढ्यो भने बिहीबर फेरि ३३.४२ अंक घट्यो ।
बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ६२ करोड, मंगलबार ४ अर्ब ४१ करोड, बुधबार ५ अर्ब ५ करोड र बिहीबार ६ अर्ब १४ करोडको कारोबार भयो ।
यो साता उत्पादन तथा प्रशोधन बाहेक सबै सेक्टरका सूचक घटे । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८८ प्रतिशत घटेको छ । गत साता समग्र बजार घट्दा पनि यो समूह १.३७ प्रतिशत बढेको थियो । त्यस्तै गत साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको थियो ।
यो साता फाइनान्स ३.२ प्रतिशत घट्यो । गत साता १९.९ प्रतिशत बढेको व्यापार समूह यो साता २.८३ प्रतिशत घट्यो । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.९० प्रतिशत घट्दा हाइड्रोपावर १.९ प्रतिशत घट्यो ।
यो साता बजारमा समूहगत उतारचढाव
समूह गत साताको अंक यो साताको अंक वृद्धिदर प्रतिशत
बैंकिङ १,४४० १,४२७ –०.९०
विकास बैंक ५,८१७ ५,६८९ –२.२०
फाइनान्स ३,३६८ ३,२५९ –३.२३
हाइड्रोपावर ३,६१५ ३,५४६ –१.९०
माइक्रोफाइनान्स ५,०५२ ४,९३९ –२.२३
जीवन बीमा १३,७४५ १२,९३६ –५.८८
निर्जीवन बीमा १३,०७८ १२,८२१ –१.९६
होटल तथा पर्यटन ६,८५२ ६,६२५ –३.३१
उत्पादन तथा प्रशोधन ६,७३६ ६,८६५ १.९१
लगानी १०४.७५ १०२.९८ –१.६८
व्यापार ५,०७४ ४,९३० –२.८३
अन्य २,००३ १,९८१ –१.०९