पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको १ नम्बर ढोकाबाट एक महिलाको शव निकालिएको छ । ६ नम्बर ढोकामा अड्किएको शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

गण्डक ब्यारेजबाट एक महिलाको शव निकालियो

आइतबार राति नै ती शव देखिए पनि सोमबार बिहान निकालिएको हो । प्रहरी चौकी त्रिवेणीका इन्चार्ज महेश रायमाझीका अनुसार आइतवार राति सवा ८ बजे गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा फेला परेको हो ।

शव नबगोस् भनेर रातिबाटै ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो । ती शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0