चितवन — नारायणी नदीमा भेटिएका थप दुई शव सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका यात्रुको भएको पुष्टी भएको छ । यसअघि पाँच यात्रुको शव भेटिएर आफन्तले सनाखत गरेका थिए । खोजी र उद्धारका क्रममा हालसम्म नारायणी नदी तट र त्रिवेणी नहरबाट ११ शव भेटिएका छन ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार त्रिवेणीमा फेला परेका दुई शवको सनाखत भएको छ । एउटा शव वीरगन्जबाट काठमाडौं गइरहेको बसका यात्रु भरतपुर महानगरपालिका-२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विकको भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

अर्को शव भने काठमाडौंबाट गौर जाँदै गरेका बसका यात्रु रौतहट जिल्ला जमुनामाई-४ का १७ वर्षीय फिरोज राहुप मियाको रहेको डीएसपी रिजालले जानकारी दिए ।

शुक्रबार बिहान सबेरै साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0