पाल्पा । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0