काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्के र सिर्जना निङलेखु अभिनित फिल्म ‘कार्साङ’को एड्भान्स टिकट बिक्री सुरु भएको छ । हलले देशव्यापी शो समेत सार्वजनिक गरेका छन् ।

जसअनुसार, शुक्रबारका लागि फिल्मले देशव्यापी १३० शो पाएको छ । याम शेर्पा निर्देशित फिल्मले क्यूएफएक्स चेनमा मात्र ५३ शो पाएको छ । प्राप्त शो संख्यालाई सन्तोषजनक मान्न सकिन्छ ।

शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्म टिजर रिलिज भएदेखि नै प्रतीक्षित छ । निर्देशक शेर्पाले समुदायको विश्वास पद्धति र मूल्यमान्यताको कथावस्तुमा फिल्म बनेको बताएका छन् ।

६ महिनापछि दयाहाङ अभिनित फिल्म हलमा आउन लागेको हो । शुक्रबार नयाँ फिल्म रिलिज नहुँदा यसको फाइदा ‘कार्साङ’ले लिन सक्छ । ‘पुष्पा २’ को दर्शकीय फुटफलमा समेत कमी आएको र बलियो वर्ड अफ माउथ प्राप्त भएको खण्डमा ‘कार्साङ’ले राम्रो कमाइ गर्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0