पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले केन्द्रीय निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ । विज्ञप्ति निकालेर विना कसुर रविलाई पक्राउ गरिएको भन्दै अदालतले छोड्ने आदेश दिनू सत्यले जीत गरेको जनायो ।
‘ढिलै भए पनि सत्यको जित भएको छ,’ ‘८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।’ अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।
सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1