२६ पुस, काठमाडौं । यो साता सेयर बजार ४९ अंक अर्थात् १.९ प्रतिशत बढेको छ । गत साता २५८६ अंकमा बन्द भएको बजार यो साता २६३५ मा बन्द भयो ।

यो साता पाँच दिनको कारोबारमा ४ दिन बजार बढ्दा अन्तिम दिन बिहीबार घट्यो । पहिलो दिन आइतबार ५.३२ अंक बढेको बजार सोमबार ४९.१२, मंगलबार ६.१६ र बुधबार ६.५३ अंक बढ्यो । बिहीबार भने १८.१४ अंक घट्यो ।

कारोबार रकम पनि बढ्दो लयमा देखिएको छ । आइतबार ४ अर्ब ८६ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३० करोडको भयो । मंगलबार ५ अर्ब ३८ करोड तथा बुधबार ६ अर्ब ४० करोड र बिहीबार ७ अर्ब ३० करोडको भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0