माघ मसान्तसम्ममा नवीकरण नहुने खेल संस्था तथा क्लबहरूलाई जिल्ला खेलकुद विकास समितिले खारेज गर्ने भएको छ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावो लिम्बूका अनुसार खेल संस्था तथा क्लबहरूलाई नवीकरणका लागि २०८१ साल माघ मसान्तसम्मको समयावधि दिइएको हो। उक्त अवधिमा नवीकरणमा नआएका खेल संस्था तथा क्लबहरू प्रदेश खेलकुद ऐन २०७६ को नवीकरणसम्बन्धी व्यवस्था अनुसार स्वतः खारेजमा जाने अध्यक्ष मावोले जानकारी दिए।

कोशी प्रदेश खेलकुद ऐन २०७६ को दफा ४१ मा खेल संघ तथा संस्था (क्लब)हरूको दर्ता तथा नवीकरणसम्बन्धी व्यवस्था रहेको छ। खेल संघहरू अनिवार्य रूपमा दर्तामा जानुपर्ने बताउँदै जिल्ला खेलकुद विकास समितिले खेल संघ दर्ता प्रकृया खुल्ला भएको समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0