७ माघ, काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेकोछ । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो ।

कम्पनीको खुद नाफामा कमी आउँदा प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ३९ पैसा रहेकोमा अहिले ५ रुपैयाँ ९४ पैसा छ । कम्पनीको निष्क्रिय कर्जा समेत देखिन थालेको छ । कुल कर्जामा यस्तो कर्जा ०.३० प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा थिएन ।

विभिन्न पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्दै आएको यस कम्पनी लगानी समूहमा बजारमा सूचीकृत छ । प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको मूल्य बजारमा आइतबार प्रतिकित्ता २४९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0