१५ माघ, काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीमा ११ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।

३ सय ९२ खोप केन्द्रबाट १० देखी १४ वर्ष उमेर समूहका ११ हजार ४ सय ८८ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

२२ माघदेखि ६ फागुनसम्म खोप अभियान सञ्चालन हुनेछ ।

विद्यालय बाहिर रहेका २ सय २४ किशोरीका लागि पनि खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए ।

माघ २ गतेदेखी ९ गतेसम्म जिल्लाका स्वास्थ्यकर्मी र पालिकाका स्वास्थ्य संयोजकका लागि तालिम प्रदान गरिसकिएको छ । खोपको तयारी करिब पूरा भइसककेको आचार्यले बताए ।

किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0