विज्ञापन

यो साता फाइनान्समा उच्च वृद्धि, यी हुन् मूल्य धेरै बढेका कम्पनी

विज्ञापन
Image
विज्ञापन

२५ माघ, काठमाडौं । यो साता सेयर बजार १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको छ । गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा पुग्यो । यो साता पाँचै दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढ्यो । त्यसपछिका तीन दिन लगातार घट्यो । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंक घट्यो । समग्रमा यो साता बजारले वृद्धिलाई निरन्तरता दियो । गत साता जम्मा ३ अंक बजार बढेको थियो ।

यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो । जुन कारोबार रकम भदौयताकै उच्च हो । त्यसपछि बजार सुस्ताउँदा कारोबार रकम पनि बढ्न सकेन । सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन