विज्ञापन

त्रिदेशीय महिला टी-२० क्रिकेट श्रृंखलाः नेपाल अंकविहीन, थाइल्यान्डलाई उपाधि

विज्ञापन
Image
विज्ञापन

त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलामा घरेलु टोली अंकविहीन भएको छ । थाइल्यान्ड र नेदरल्यान्ड्ससमेत सहभागी शृंखलामा नेपालले सबै ६ खेलमा हार भोगेको हो ।

नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल २० रन, दोस्रो १५ रन र तेस्रो १० विकेटले हारेको थियो । थाइल्यान्डसँगको खेलमा नेपाल पहिलोमा ४ विकेट, दोस्रोमा ५ रन र तेस्रोमा ७ विकेटले पराजित भयो ।

नेपाली महिला टोलीले पहिलो पटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको हो । हरेक प्रतियोगितामा बाधक बन्दै आएको थाइल्यान्डलाई नेपाली महिला टोलीले अहिलेसम्म हराउन सकेको छैन।

शृंखलाको उपाधि भने थाइल्यान्डले जितेको छ । ६ खेलबाट १० अंक जोड्दै थाइल्यान्डले उपाधि जितेको हो । उसले नेदरल्यान्ड्ससँगको एक खेलमात्र हारेको थियो । डच टोली ८ अंकमा दोस्रो स्थानमा रह्यो ।

शुक्रबार नेपालले दिएको ८२ रनको मध्यम लक्ष्य थाई टोलीले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डको जितमा क्याप्टेन नारुमोल चाइवाइले नटआउट २७ र नान्नापत कोन्चोरेन्काइले २३ रनको योगदान गरे ।

क्याप्टेन इन्दु बर्माले ३ र पूजा महतोले एक विकेट लिएपनि नेपाललाई सिरिजमा अंकविहीन हुनबाच बचाउन भने सकेनन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८१ रनको योगफल तयार पारेको हो । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४ र क्याप्टेन इन्दु बर्माले १० रन बनाइन् । डेब्यू खेलमा राजमती ऐरी ११ रनमा नटआउट रहिन् । अन्यले दोहोरो अंक छुन सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा काम्चोम्फुले ३ विकेट लिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन