काठमाडौं ।मिस माल्टाको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरी सहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि नेपाल आएको हो ।

टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारी त्यसैगरी गैरआवासीय नेपाली संघ NRN माल्टाका अध्यक्ष रेम्स खनाल, गैरआवासीय नेपाली संघ माल्टाका उपाध्यक्ष सत्यनारायण झा, पर्यटन दुत प्रकाश भण्डारी, पर्यटन दुत सोम सापकोटा लगायतले ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरेका थिए ।

मंगलबार बिहान ११ बजे उक्त टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बिच शिष्टाचार भेटवार्ता सम्मपन्न भएको छ ।

मिस माल्टाको यो भ्रमणले दुवै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विस्वास गरिएको छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँगै भएको मिस माल्टाको यो भ्रमणले दुई मुलुकको द्विपक्षीय हितमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेम्स खनालले मिस माल्टाको टोलि साता लामो भ्रमणमा नेपाल आउदा खुसी व्यक्त गरेका छन ।

यो टोली आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुनेछ ।

मिस माल्टाको टोली यहि साउन २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0