विज्ञापन

सुबास मरासिनी साउदी अरेबिया स्थित नेपाल वायुसेवा निगमको फाइनान्स मेनेजरमा नियुक्त

विज्ञापन
Image
विज्ञापन

रियाध, साउदी अरेबिया – नेपाल वायुसेवा निगमले साउदी अरेबिया स्थित आफ्नो स्टेशनको फाइनान्स मेनेजरमा सुबास मरासिनीलाई नियुक्त गरेको छ। निगमको अर्थ विभागमा लामो समयसम्म सेवा गरिसकेका मरासिनीले अब साउदी अरेबियामा निगमको वित्तीय व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने छन्।

साउदी अरेबिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेको देश हो, जहाँ हाल नेपाल वायुसेवा निगमले हप्तामा दुई वटा उडान सञ्चालन गर्दै आएको छ। यो सन्दर्भमा मरासिनीको नियुक्तिलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।

पुर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निकट मानिने मरासिनीको पोस्टिङलाई निगमको रणनीतिक विस्तार र सशक्त उपस्थिति सुनिश्चित गर्ने कदमका रूपमा पनि विश्लेषण गरिएको छ।

नेपाल वायुसेवा निगमका एक वरिष्ठ अधिकारीका अनुसार, “साउदी अरेबिया जस्तो संवेदनशील र व्यस्त गन्तव्यमा अनुभवी व्यक्ति पठाउनु निगमको प्राथमिकता हो। मरासिनी जस्तो सक्षम अधिकारीको उपस्थिति यस कार्यमा सहयोगी हुनेछ।”

नयाँ जिम्मेवारीमा मरासिनीले निगमको सेवा प्रभावकारिता, आर्थिक पारदर्शिता र स्थानीय समन्वयलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन