बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

काठमाडौँ — नेपाली कांग्रेसले बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन तदारुकता राख्न सरकारसँग अपिल गरेको छ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई प्रभावित हुन नदिन कांग्रेसको अपिल

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा समीक्षा गर्दै त्यहाँका नागरिकको भावनाबमोजिम शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रक्रिया सुचारु ढंगले अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ । बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन सरकारले थप तदारुकता राख्ने विश्वास समेत व्यक्त गरेको छ ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा नेपाली कांग्रेसले बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढंगले अघि बढ्ने विश्वास लिएको छ । यो घटनाबाट नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकले लिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *