२४ साउन, काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ ।

विभिन्न प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

गत चैत्रदेखि राष्ट्रिय खेलकुद परिषद्ले रंगशालाको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरीक्षण गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

यसअघि रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएका कारण गत चैतमा विश्वकप छनोटको नेपाल र बराइनबीचको खेल बराइनमा भएको थियो । जेठ २४ गते यूएईसँगको खेल साउदी अरबमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0