विज्ञापन

सिकागोमा पहिलोपटक गुञ्जियो ‘नेपथ्य’

विज्ञापन
Image
विज्ञापन

सिकागो (अमेरिका) । सिकागोको ऐतिहासिक ‘भिक्टोरिया थिएटर’ नेपाली संगीतको रंगमा रंगिएको दुर्लभ क्षण थियो, जब लोकप्रिय नेपाली ब्यान्ड ‘नेपथ्य’ले पहिलोपटक त्यहाँ आफ्नो प्रस्तुति दियो। कार्यक्रम सुरु हुनु अगाडि नै हलबाहिर नेपाली दर्शकहरूको उत्साहपूर्ण भीड देखिन्थ्यो। राति ठीक ८ बजे जब बत्तीको चमकसँगै नेपथ्यको प्रस्तुति सुरु भयो, त्यसले सिकागो सहरमा नेपाली पहिचान र लोकधुनको अनौठो छाप छोड्यो।

नेपथ्यले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट कार्यक्रमको थालनी गर्दै आफ्नो सांगीतिक यात्राको झल्को दिइयो। दर्शकहरूमध्ये आयरिस मूलका डेनिस काभनाग जस्ता विदेशीहरू पनि थिए, जसले नेपथ्यको संगीतमा नेपाली लोक शैली र रकको अद्भुत समिश्रण अनुभव गरेको बताए। गायक अमृत गुरुङको प्रस्तुति देखेर उनलाई अमेरिकी गायक बब डिलनको झल्को समेत आएको प्रतिक्रिया दिए।

नेपथ्यले सिकागोमा आफ्ना पुराना चर्चित गीतहरूका साथै नयाँ गीत ‘कर्नालीका छाइला’ पनि प्रस्तुत गर्‍यो। कन्सर्ट हेर्न मिनेसोटाबाट घण्टौँ यात्रा गरेका रामकुमार राईले यो ब्यान्ड सँगै आफ्नो बाल्यकालको सम्झना जोडिएको बताए। उनले नेपथ्यले नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गरेकोमा गर्व व्यक्त गरे।

कन्सर्टको क्रममा अमृत गुरुङले सामाजिक सन्देश, पर्यटकीय सम्भावना र देशप्रतिको उत्तरदायित्वबारे मन्तव्य दिँदा दर्शकले ताली र हर्षका साथ स्वागत गरे। अमेरिकामा नेपाली समुदाय कसरी आफ्नो पहिचान जगेर्ना गर्दैछ भन्ने अनुभूति विदेशी दर्शकहरूले समेत गरेका थिए।

नेपथ्यको यो अमेरिकी सांगीतिक यात्रा मे १७ मा टेक्सासबाट सुरु भई सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै सिकागो पुगेको हो। अब उनीहरू बोस्टन र ग्रिन्सबोरोतर्फ लाग्दै छन्। व्यवस्थापकदेखि कलाकारसहित १४ सदस्यीय टोलीले आयोजना गरिरहेका कन्सर्टहरूमा अनलाइन टिकट सुविधा उपलब्ध छ। अमेरिकामा नेपाली सांगीतिक इतिहास बनाउने क्रममा सिकागोको यो कन्सर्टले नेपथ्यलाई अझै उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन