२७ साउन, गुल्मी । गुल्मीमा बडीगाड खोलामा एक महिलाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्लाभर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताए ।

घटनाको थप अनुसन्धान सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0