विज्ञापन

गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

विज्ञापन
Image
विज्ञापन

गुल्मी — स्थानीय कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ नामबाट ब्राण्डिङ गरी बजारमा ल्याइएको छ। गुल्मीको धुर्कोट गाउँपालिका–६ सिस्तुङमा गरिएको यो पहलले गाउँकै उत्पादनलाई व्यवस्थित ढंगले व्यापारमा रूपान्तरण गर्ने उद्देश्य लिएको छ।

२५ किलोग्रामको प्याकेजमा तयार गरिएको चामल २,५०० रुपैयाँ मा बिक्रीका लागि पठाइएको हो। प्याकेजिङको औपचारिक शुभारम्भ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गरेका हुन्। यो कार्यमा धुर्कोट गाउँपालिका र हेफर नेपालको प्राविधिक तथा आर्थिक सहयोग रहेको जनाइएको छ।

धुर्कोटे चामलको बजारिकरणमार्फत कृषक मेघनाथ अर्यालले गाउँको बारीबगैंचाबाट सुरु भएको परिश्रमलाई सफल उद्यममा रूपान्तरण गरेका छन्। उनी अहिले ७० रोपनी आफ्नै र ४२ रोपनी लिजमा लिएको जमिनमा धान खेती गर्दै आएका छन्। अघिल्लो वर्ष उनले ४ सय मुरि धान उत्पादन गरेका थिए, जुन पहाडी जिल्लामा दुर्लभ उदाहरण मानिन्छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो कदमले कृषकको आत्मविश्वास बढाउने, गाउँमै रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने सम्भावना उजागर गरेको बताए। अध्यक्ष पोखरेलले पनि “धुर्कोटे चामललाई गाउँपालिकाको गौरवमूलक उत्पादन बनाउने” प्रतिबद्धता जनाए।

अर्यालको पहल केवल चामल उत्पादनमा सीमित छैन। उनले भैंसी पालनमा पनि ठूलो लगानी गरेका छन्। हाल उनका फर्ममा २२ वटा माहु र ४२ वटा मुर्रा जातका भैँसी छन्, जसबाट दैनिक १०० लिटर दूध उत्पादन भइरहेको छ। तीन वर्ष पहिले एक करोडभन्दा बढी लगानीमा सुरु गरिएको यो व्यवसायबाट अहिले २० जना स्थानीयले रोजगारी पाएका छन्।

शहरको जीवन छाडेर गाउँमै फर्किएका अर्यालको यो यात्रा युवा पुस्ता, फर्किएका आप्रवासी श्रमिक र कृषिप्रेमी उद्यमशीलता चाहने सबैका लागि प्रेरणाको स्रोत बनेको छ। ‘धुर्कोटे चामल’ अब न केवल उत्पादन हो, यो स्थानीय पहिचान, सम्भावना र आत्मनिर्भरताको प्रतीक बन्दै गएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन