विज्ञापन

रसुवामा दुर्लभ चरी बाघ दुई बच्चासहित फेला

विज्ञापन
Image
विज्ञापन

रसुवा — रसुवाको कालिका गाउँपालिका–२ स्थित बस्ती नजिकै दुर्लभ चरी बाघ (Clouded Leopard) दुई बच्चासहित फेला परेको छ। ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि स्थानीयले देखेपछि वन कार्यालयलाई खबर गरिएको थियो।

कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठका अनुसार, बाघ बस्ती नजिकैको ढुंगाभित्र सुरक्षित बसेको अवस्थामा भेटिएको थियो। “शायद त्यही स्थान उसलाई सुरक्षित लाग्यो होला,” श्रेष्ठले भनिन्, “बाघ भेटिएपछि नेपाली सेनाको श्रीनाथ गणबाट टोली खटाएर चार दिन निगरानी गरिएको थियो।”

घटना बारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि जानकारी दिइएको थियो। कोषले पनि आफ्नो टोली पठाएको थियो। तर केही दिनपछि बाघ आफ्ना दुई बच्चासहित उक्त स्थानबाट आफैं निस्किएर गएको बताइएको छ।

रेन्जर श्रेष्ठका अनुसार चरी बाघ आफैंमा दुर्लभ मानिन्छ, र दुई बच्चासहित देखिनु अझै दुर्लभ घटना हो।

वन्यजन्तु संरक्षण विभागका अनुसार, चरी बाघ नेपालबाहेक चीन, भारत, कोरिया, बंगलादेश, जापान लगायत देशहरूमा पाइन्छ। नेपालमा यो प्रजाति मध्यम पहाडी भू–भागदेखि तराईसम्म र संरक्षित क्षेत्रहरू जस्तै खप्तड, शुक्लाफाँटा, लाङटाङ, मकालु बरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा देखिने गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन