२२ असार, काठमाडौं । श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले २१ स्वर्णसहित कुल ३६ पदक जितेको छ ।
नेपालले २१ स्वर्ण, ९ रजत ६ कास्य सहित कुल ३६ पदक जितेको हो । समग्रमा भने नेपाली टिम दोस्रो भएको छ। भारत २३ स्वर्ण, २४ रजत र २ कास्यसहित पहिलो भयो ।
सातौं र आठौं संस्करणमा लगातार प्रथम भएको नेपाल यस पटक भने दोस्रो स्थानमा सीमित भएको हो।
नेपालका लागि स्टार खेलाडी एरिका गुरुङसहित अन्य खेलाडीले स्वर्ण जितेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्








