विज्ञापन

रूसी ड्रोन आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

विज्ञापन
Image
विज्ञापन

२३ असार, युक्रेन – युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा चार जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

पूर्वी सुमी क्षेत्रमा दुई जना, दक्षिणी ओडेसा र खेरसन क्षेत्रमा एक/एक जनाको मृत्यु भएको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। घाइतेमध्ये अधिकांश खार्किभ र डिनिप्रोपेट्रोभस्क क्षेत्रका हुन्।

राजधानी किएभमा पनि ड्रोन आक्रमणका कारण भवनहरूमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको नगर प्रमुखले जनाएका छन्।

रूसको रक्षा मन्त्रालयले मस्को क्षेत्रमा आठ ड्रोन खसालिएको र बाँकी ९१ वटा ड्रोन युक्रेनी सिमानामा रोकिएको दाबी गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन