बुटवल । लुम्बिनी प्रदेशको सबै भन्दा ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायको भवन जिर्ण बनेको छ । उक्त भवनको टिन जेठमा हावाले भत्काइदिएको थियो ।
२ महिना भन्दा बढी समयसम्म पनि मर्मत नहुँदा कक्षा संचालन गर्न समस्या परेको छ । पानी आउँदा पानी चुहिएर कक्षाकोठामा बस्नै सक्ने अवस्था नरहेको विद्यार्थीहरु बताउँछन् ।
‘पानी आउँदा कक्षामा बस्नै सकिदैन्, पानी नआउँदा पनि भित्र पढेर बस्न सकिने अवस्था छैन्। कोठामा राम्रो फङ्खा समेत छैन्,’ एक विद्यार्थीले भने ।
यता बुटवल बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. अरुण कुमार श्रेत्रीले मर्मतका लागि ठेक्का प्रक्रियामा गएको र अब छिट्टै मर्मत हुने बताउँछन् ।
‘भवन मर्मतका लागि अहिले इ विल्डीङ्ग (ठेक्का) प्रक्रियामा गएको छ, अब छिट्टै मर्मतको काम सुरु हुन्छ,’–उनले भने ।
यस्तै अखिल कान्तिकारी बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष शिव खवासले भवन मर्मतका लागि प्रशासनले चासो नदेखाउँदा लामो समयसम्म मर्मतको काम हुन नसकेको बताउँछन् ।
‘२ महिनासम्म पनि मर्मतको काम सुरु नै भएको छैन्, यो प्रशासनको लापरवाही हो, यो वर्षादको समयमा विद्यार्थीहरुलाई धेरै असहज भएको छ,’– उनले भने ।






