लेस्टरसँग बराबरीमा रोकियो टोटनहम

४ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहम लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएको छ ।

टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

खेलको २९औं मिनेटमा पेड्रो पेरोले जेम्स म्याडिसनको पासमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा लेस्टरले बराबरी गोल फर्कायो । ५७ औं मिनेटमा जेमी भराडीले फातावुको पासमा लेस्टरका लागि बराबरी गोल गरे ।

बराबरीपछि दुवै टिमले एक-एक अंक जोडेक‍ा छन् । यस खेलपछि प्रिमियर लिगको नयाँ सिजनमा पहिलो चरणको सबै १० खेल सकिएको छ ।

पहिलो चरणमा उपाधि दाबेदारहरु म्यानचेष्टर सिटी, आर्सनल, लिभरपुलसहित म्यानचेष्टर युनाइटेडले विजयी सुरुवात गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *