विज्ञापन

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट हुँदा सेनाका मेजरसहित ३ जनाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । पाकिस्ताको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामचाच मंगलबार राति भएको बम विष्फोटमा पाकिस्तानी सेनाका एक मेजरसहित कम्तीमा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घटना कुर्दगाप तहसिल काली पसंद खान नजिकै भएको थियो । एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार अज्ञात हतियारधारी समूहले सो ठाउँमा विष्फोटक पदार्थ राखेको थियो । सेनाको सवारीसाधन सोही स्थान भएर गइरहेको अवस्थामा विष्फोट भएको थियो ।

विष्फोटमा सेनाको एउटा गाडी ठोक्किएको थियो, जुन सवारीसाधनमा सेनाका मेजर र अन्य दुई जना सैनिकको मृत्यु भएको हो । अन्य तीन जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरका अनुसार यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

यस आक्रमणको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन