विज्ञापन

गाजामा राहत बोकेको ट्रक भिडमाथि पल्टियो, २० प्यालेस्टिनीको मृत्यु

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिँदा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमास नियन्त्रित मिडिया कार्यालयका अनुसार गाजामा मानवीय सहायता बोकेको ट्रक भिडमाथि पल्टिएको हो । यो दुर्घटनाबाट दर्जनौं मानिस घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बस्सलले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै मंगलबार मध्यरातमा यो घटना भएको हो ।

इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार मे महिनाको अन्त्यसम्म खाद्यान्नको खोजीमा १ हजार ३ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन