विज्ञापन

१४ वर्षीया छात्रामाथि सामूहिक बलात्कार

विज्ञापन
Image
विज्ञापन

स्थानीय एक विद्यालयमा कक्षा–८ मा अध्ययनरत बालिका उक्त विद्यालयकै कक्षा–९ मा अध्ययनरत दुई जनाबाट गत साउन १९ गते बलात्कृत भएको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै दुई जनाले जङ्गलको बीचमा आएपछि बाटो छेकेर ओढारमा लगेर रातभरि बलात्कार गरेको पीडित बालिकाको परिवारले जनाएको छ । विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

आफन्तले साउन २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएको मिश्रले जनाएका छन् । आरोपित दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि बिहीबार आफन्तको जिम्मा लगाएर पठाइएको छ । उक्त घटनामा संलग्न दुवै जना १५–१६ वर्षका रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन