भाद्र ७, बुटवल । एक उदाहरणीय कार्य, जस्ले करिब दुइवर्ष देखी अलपत्र अवस्थामा रहेको घर आफ्नो जन्मदिनको अवसर पारेर उक्त घर निर्माण सम्पन्न गर्न आर्थिक सहयोग गरेका छन्।

रुपन्देहीको सुद्धोधन गाउँपालिका बस्ने सुशान्त आचार्यले भाद्र ६ गते आफ्नो २२ औं जन्मोत्सवको अवसर पारेर विभिन्न सामाजिक कार्य एवम् आर्थिक सहयोग गरेका छ ।

दुःखमा परेका केशब थारुको घर जग उठाएर पनि आर्थिक समस्या भएकै कारण अलपत्र परेको अवस्थामा थियो।
उक्त अलपत्र परेको घरमा ६० हजार भन्दा धेरै आफ्नो लगानी गर्दै घर निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

त्यस्तै उनले शुद्धोधन गाउँपालिका आयुर्वेद सेवा शाखा र पशु सेवा शाखाको प्राङ्गणमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन ।

श्री समैदेवी प्राथमिक विद्यालय शुद्धोधन २ कोलुवा रुपन्देही का विद्यार्थीहरूलाई कपी कलम समेत सहयोग गरेका छन ।
जन्मदिनको अवसरमा आचार्यले ७० जना विद्यार्थीलाई करिब १२ हजार बराबरको सामाग्री वितरण गरेका हुन ।

आफ्नो जन्म दिन भन्दै महँगो होटेलमा गएर केक काटेर गरिने ८/१० हजार खर्चसहितको सेलिब्रेट भन्दा सोहि रकमले कसैको दुई छाक भोक टर्न सक्छ भन्ने सुबिचारका साथ सुद्धोदन -५ का सुशान्त आचार्य आफ्नो जन्मदिनको अवसर पारेर दुःखमा परेका केशब थारुको घर निर्माण गरेर हस्तान्तरण गर्नुका साथै श्री समैदेवी प्राथमिक विद्यालय शुद्धोधन २ कोलुवा रुपन्देहीका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री कापी कलम समेत बितरण गरेका हुन ।

प्रतेक बर्ष आफ्नो जन्म दिनको अवसर पारेर गरीब तथा जेहन्दार विद्यार्थी हरुलाई सहयोग गर्दै आइरहेका सुशान्त भन्छन् आफ्नो जन्म दिन भनेर महँगो होटेलमा गएर केक काटेर गरिने फजुल खर्चले कसैको दुई छाक भोक टार्न सकिन्छ भने म अबका युवाहरुलाई यो मेसेज दिन चाहन्छु कि जन्म दिनको अवसरमा डिस्को, पप, जाड, रक्सी र केक मा गरिने खर्च दीनदुःखी हरुको सेवामा लगाउनु होस् जसले तपाईहरुलाइ सफल बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0