विज्ञापन

यो साता सेयर मूल्य धेरै बढेका यी ८ कम्पनी

विज्ञापन
Image
विज्ञापन

१३ भदौ, काठमाडौं । गत साता सेयर बजार २४ अंक अर्थात् ०.८७ प्रतिशत बढ्यो ।

गत साता २७५७ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७८१ मा छ । साउन १३ गते ३००२ अंकमा पुगेको बजार भदौ ८ गते (गत आइतबार) २७३९ अंकसम्म झरेको थियो । अहिले बजार सम्हालिन खोजेको संकेत देखिएको छ ।

यो साता पहिलो दिन आइतबार १८.०२ अंक घटेको बजार सोमबार २१.३० अंक बढ्यो । मंगलबार ४.८३ अंक बढ्यो । बुधबार ५३.०१ अंक बढ्यो । बिहीबार ३८.१० अंक घट्यो ।

आइतबार ६ अर्ब ५४ करोडको कारोबार भयो । सोमबार ५ अर्ब ७५ करोड, मंगलबार ४ अर्ब १८ करोड, बुधबार ७ अर्ब ६८ करोड र बिहीबार ८ अर्ब ९ करोडको कारोबार भयो । पछिल्ला दुई दिन कारोबार रकम उल्लेख्य बढेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन