विज्ञापन

पर्यटन प्रवर्द्धन गर्न गोरखा महोत्सव हुने

विज्ञापन
Image
विज्ञापन

२० भदौ, गोरखा । गोरखा भ्रमण वर्ष २०२५ लाई लक्षित गरी गोरखा महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ गोरखा उद्योग वाणिज्य संघले १२ औं गोरखा महोत्सव एवं प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गर्न लागेको हो ।

बिहीबा पत्रकार सम्मेलन गर्दै संघले आउँदो ४ पुसदेखि महोत्सव सुरु हुने जनाएको छ ।

हरमटारी खेलमैदानमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै कला र संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने बताइएको छ ।

‘नेपालभित्र र बाहिर गोरखा जिल्लालाई ऐतिहासिक र धार्मिक जिल्लाको रुपमा चिनाउने र गोरखा भ्रमण वर्ष २०२५ लाई प्रवर्द्धन गर्ने उदेश्य पनि हो,’ संघका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउन ठूलो सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौं ।’

उनका अनुसार १४ पुससम्म चल्ने महोत्सवमा करिब १ सय ५० वटा स्टल रहनेछन् । कृषि र घरेलु उद्योगबाट उत्पादित उपजलाई प्राथमिकता दिइने छ ।

पर्यटकीय स्थलहरूको फोटो र वृत्तचित्र, हस्तकला सामग्री लगायतको प्रदर्शनी महोत्सवमा हुनेछ । प्रदर्शनको आधारमा उत्कृष्ट स्टल छनोट गरी पुरस्कृत समेत गरिने बताइएको छ ।

महोत्सव अवधिभर म्यान अफ द गोरखा दौड प्रतियोगिता, औद्योगिक प्रदर्शनी, खाना महोत्सव, दोहोरी गीत प्रतियोगिता, खुल्ला युगल तथा गोरखा नगरपालिका अन्तर्गतको मावि स्तरीय नृत्य प्रतियोगिता, पाँचौं गोरखा तारा, जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, रत्यौली प्रतियोगिता, चित्रकला प्रदर्शनी लगायतका गतिविधी हुने संघका महासचिव चन्दनबाबु खत्रीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन