विज्ञापन

इन्डिगोले काठमाडौं–दिल्ली रुटमा राख्यो दुई चार्टर उडान

विज्ञापन
विज्ञापन

२६ भदौ, काठमाडौं । नेपालमा फसेका भारतीय र भारतमा फसेका नेपालीको यात्रा सहजीकरणका लागि भारतीय वायुसेवा कम्पनी इन्डिगोले बिहीबार दुई चार्टर उडान राखेको छ ।

यसबाहेक इन्डिगोले दैनिक चार नियमित उडान समेत आजका लागि निर्धारण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज इन्डिगोले नियमित उडान बाहेक दुई चार्टर उडान राखेको छ ।

नेपालमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनपछि बुधबार मात्र हवाई यातायात खुला भएको हो । सडक यातायात सुचारु हुन सकेको छैन । यससँगै नेपाल–भारत मैत्री बस सेवा समेत रोकिएको छ । उता, भारतीय सेनाले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेशमा समेत रोक लगाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन