विज्ञापन

एमी अवार्ड्स : ‘द स्टुडियो’ १३ विधामा उत्कृष्ट, १५ वर्षका कूपरले रचे इतिहास

विज्ञापन
Image
विज्ञापन

लस-एन्जलस । ७७ औं एमी अवार्ड आइतबार अमेरिकाको लस-एन्जलसमा वितरण गरिएको छ । ओटीटी र टिभीको प्रमुख अवार्ड मानिने यसपटकको एमीमा ‘द स्टुडियो’ सिरिजले सर्वाधिक १३ अवार्ड जित्यो ।

कुनै कमेडी सिरिजले जितेको यो अहिलेसम्मकै धेरै विधा हो ।

सेभेरेन्स’मा आफ्नो अभिनयका लागि ट्रामेल टिलम्यान र ब्रिट लोअरले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते भने १५ वर्षीय ओवेन कूपरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेर इतिहास रचे ।

’सेभेरेन्स’ सबैभन्दा धेरै मनोनित श्रृंखला थियो । एप्पल टिभीले आफ्ना दुई ठूला नामहरू, सेभेरेन्स र द स्टुडियोको साथ क्षेत्रमा प्रभुत्व जमायो । समारोहको संचालन हास्य कलाकार नेट बार्जेट्जले गरेका थिए ।

अवार्डको प्रत्यक्ष प्रसारण सीबीएस टिभीमा गरिएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन