विज्ञापन

तने बोडीको भाउ होलसेलमै किलोको १७०, मकै बोडी र घिउसिमीको कति ?

विज्ञापन
Image
विज्ञापन

२६ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी, मकै बोडी र घिउसिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले तने बोडी, मकै बोडी र घिउसिमीको प्रतिकिलो थोक (होलसेल) भाउ बढेको देखाएको हो ।

आज आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ कायम छ । शनिबार तने बोडी प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज १० रुपैयाँ बढेको हो ।

आइतबार मकै बोडीको भाउ प्रतिकिलो २० रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको मकै बोडी आज ८५ रुपैयाँमा किनबेच भएको हो ।

यस्तै आज घिउसिमी लोकल प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । घिउसिमी लोकलको भाउ एकैदिन प्रतिकिलो ३५ रुपैयाँले बढेको तथ्यांकले देखाउँछ । शनिबार घिउसिमी लोकल प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै घिउसिमी हाइब्रिडको भाउ पनि आज आइतबार ३० रुपैयाँले बढेर १ सय २५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन