१३ भदौ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा पहिरोले पुरिएर विद्यालय भत्किएको छ । बकैया गाउँपालिका-१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालय कोलखोपको स्कुल मंगलबार गएको पहिरोले क्षति पुर्‍याएको हो ।

अविरल वर्षाको कारण माथिबाट झरेको पहिरोले विद्यालयको दुई वटा कोठामा क्षति पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरोले विद्यालयको २ वटा कोठा भत्काएको उनको भनाइ छ ।

डीएसपी भण्डारीका अनुसार पहिरोले पुरिँदा कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्ण रुपमा क्षति भएको र भवनसँग जोडिएको शौचालयमा पनि आंशिक क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ ६ बजे गएको पहिरोले विद्यालय भत्किएको जानकारी बुधबार दिउँसोमात्रै प्राप्त भएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0