विज्ञापन

सुडानको अल-फशरमा ४५० बढी नागरिकको हत्या

विज्ञापन
Image
विज्ञापन

१३ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) ले सुडानको अल–फशर शहर कब्जापछि ‘र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले सयौं नागरिकको हत्या गरेको जनाएको छ ।

डब्लूएचओ के प्रमुख टेड्रोस गेब्रेयेससले शहरको मुख्य मुख्य अस्पताल पवेश गरेर आरएसएफका लडाकुले सयौं आम नागरिकको हत्या गरेको बताएका हुन् । ‘अल-फशर अस्पतालमा ४६० जनाको हत्याको खबरले स्तब्ध र अत्यन्तै दुःखी छु’, उनले भनेका छन् ।

यसअघि सुडानको ‘डक्टर्स नेटवर्क’ ले मंगलवार आरएसएफका लडाकुबाट अस्पतालमा रहेका नागरिकको विभत्स हत्या भएको जनाएको थियो । नेटवर्कले हत्या गरिएको नागरिकको संख्या भने खुलाएको थिएन ।

सुडान डाक्टर्स नेटवर्कले आरएसएफमाथि चार चिकित्सकसहित छ स्वास्थ्यकर्मीको अपहरण गरेको आरोप लगाएको छद । सुडानको दक्षिणी दार्पmुरको राजधानी अल–फशर शहर आरएसएफविरूद्ध उभिएको थियोे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन