विज्ञापन

प्रमेश हमालको ब्रिफिङ– माओवादीसँग एकताको ६ महिनाभित्रै नेतृत्व पुनर्गठन

विज्ञापन
Image
विज्ञापन

१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता प्रक्रियाबारे जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ । ‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौ,’ हमालले बैठकमा भनेका छन् ।

एकता गर्ने दलहरुबीच सिद्धान्तका बारेमा लामै छलफल भएर निष्कर्षमा पुग्ने अवस्था रहेको उनले बताए । उनले दिएको जानकारी अनुसार एकीकृत पार्टीको सैद्धान्तिक कार्यदिशा समाजवादी क्रान्ति हुनेछ ।

सम्मानजनक संगठनात्मक एकता हुने दोस्रो सहमति रहेको हमालले बताएका छन् । तेस्रो सहमति भने नेतृत्वबारे भएको छ ।

६ महिनाभित्र नेतृत्व पुनर्गठन वा पुनर्निर्माण गर्ने भन्ने छ,’ उनले भने, ‘एउटा प्रक्रियबाट नेतृत्व परिवर्तन हुन्छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन