विज्ञापन

सुवास पोखरेल र देवी घर्तीमगरको नयाँ गीत ‘भाग्यले छल गर्‍यो’ सार्वजनिक

विज्ञापन
Image
विज्ञापन

बुटवल, १४ कार्तिक।  गित संगितको बजारमा नयाँ नयाँ गित सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा गुल्मीका नव उदयमान गायक सुवास पोखरेलले चर्चित गायिका देवी घर्तीमगरसँगको नयाँ गीत ‘भाग्यले छल गर्‍यो’ सार्वजनिक गरेका छन्। नेपाली लोकसंगीतमा नयाँ ऊर्जासँग प्रवेश गरेका पोखरेलको यो गीतले श्रोतालाई भावनात्मक स्वाद दिने अपेक्षा गरिएको छ।

शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत रहेको गीतमा सुवास र देवीको सुमधुर युगल स्वरले मिठास थपेको छ। रमेश सेन्चुरीको संगीत संयोजन, कुमार राणाको मिक्सिङ–माष्टरिङ र मारुनी स्टुडियोमा गरिएको रेकर्डिङले गीतलाई व्यावसायिक रूप दिएको छ।

रेड एप्पल मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा मोडल तथा निर्देशक आशिष प्रताप जङ्ग र स्मारिका ढकालको दमदार अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन आशिष प्रताप जङ्गले स्वयं गरेका हुन् भने छायांकन करण चैसिर र सम्पादन दीपक विष्टले सम्हालेका छन्।

गीत ‘भाग्यले छल गर्‍यो’ ले नियतिको खेल र मानवीय संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ, जसले नेपाली लोकसंगीतका प्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन