विज्ञापन

काबेली परियोजना बेच्दै बुटवल पावर कम्पनी

विज्ञापन
Image
विज्ञापन

२१ कात्तिक, काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ ।

सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका लागि आज विशेष साधारणसभा बोलाएको छ । अरुण काबेलीले गत वर्ष हकप्रद सेयर जारी गरेर काबेली इनर्जीमा १ अर्ब २० करोड रुपैयाँ बराबर सेयर लगानी गरेको थियो ।

यस वर्ष पनि पुन: हकप्रद सेयर जारी गरी जम्मा हुने रकमले बीपीसीको ६० प्रतिशत सेयर खरिद गर्ने योजना बनाएको जनाइएको छ ।

त्यसो त बीपीसीमाथि परियोजना निर्माणभन्दा खरीद–बिक्रीमा बढी सक्रिय रहने गरेको आरोप लाग्ने गर्छ ।

तिला जलविद्युत् परियोजना/मनाङ मर्स्याङ्दी परियोजनाको सेयर बिक्री गरेको बीपीसीले अब काबेली इनर्जीको सेयर समेत बेच्न लागेको हो ।

काबेली इनर्जीको लाइसेन्स अन्तर्राष्ट्रिय बोलकबोल प्रक्रियाबाट बीपीसीले पाएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन