३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनालेमात्रै मतदानमा भाग लिएका थिएनन् ।
झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।
प्रतिक्रिया जनाउनुहाेस्








