विज्ञापन

३२ पटक सगरमाथा चढेर काठमाडौं फर्किए कामिरिता, भन्छन्– विदेशीलाई नेपाल चिनाउने मेरो उद्देश्य

विज्ञापन
Image
विज्ञापन

८ जेठ, काठमाडौं । ३२ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किएपछि उनले विदेशीहरुलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताए ।

५६ वर्षीय कामिरिताले पछिल्लोपटक यही जेठ ३ गते अर्थात् १७ मे २०२६ को दिन बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।

उनी आवद्ध ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेक्सले शेर्पाको काठमाडौंमा भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ ।

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन