विज्ञापन

इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमाथि अमेरिकी हमला

विज्ञापन
Image
विज्ञापन

२० जेठ, काठमाडौं । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमा आक्रमण गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक–पटक दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्यांकरमाथि आक्रमण गरिएको क्षण देखाइएको छ । यस घटनाबारे इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको खार्ग टापुतर्फ जाँदै गरेको बोत्सवाना–झण्डावाहक एम/टी लेक्सीमाथि नाकाबन्दीसम्बन्धी कारबाही गरेको जनाएको छ ।

विज्ञप्तिअनुसार जहाजका चालक दलले २४ घण्टाको अवधिमा अमेरिकी सेनाबाट पटक–पटक दिइएका निर्देशनहरूको पालना गरेका थिएनन् ।

सेन्टकमका अनुसार नाकाबन्दी लागू भएयता ६ वटा व्यावसायिक जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याइएको छ भने थप १२२ वटा जहाजलाई आफ्नो गन्तव्य परिवर्तन गर्न बाध्य पारिएको छ ।

अमेरिकी सेनाले अप्रिल १३ देखि इरानी बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै जहाजमाथि नाकाबन्दी लागू गर्न थालेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन